सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : वृषलाई अवसर, मीनलाई धोका

२०७७ माघ ३ गते, शनिवार, १६ जनवरी २०२१ । पौष शुक्लपक्ष, तृतीया तिथि (८ः५२ बजेपछि चतुर्थी), शतभिषा नक्षत्र, चन्द्रराशि–कुम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । दिन उत्साहवर्द्धक रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । व्यापार–व्यवसायमा पनि फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ । श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ । अध्ययनमा धेरै समय दिन नसकिए पनि बुद्धिको उपयोगले काम गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति हुन समय लाग्नेछ । बेलामा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि सामान्य फाइदै हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

खर्च बढ्नाले अर्थ अभाव देखा पर्नसक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार ०९:२७