काठमाडौं । इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो ।
सत्यपाटी ।