सूचनाको शक्ति - The Power Of Information

        

‘मलाई नसोध नखोज’ गीतमा बिनोद भण्डारीको जिवन्त अभिनय (भिडियोसहित)

काठमाडौं । लोक दोहोरी गीत ‘मलाई न सोध, मलाई न खोज’ मात्र बजारमा आएको छ । भिडियोसहित आएको उक्त गीतमा गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढाक्षेत्री र सरस्वती सुनारकको स्वर रहेको छ ।

गायन, गीत लेखन र अभिनय सबै बिधामा अब्बल सेञ्चुरीका गीत यतिबेला बजारमा लगातारजसो आइरहेका छन् । दर्शकश्रोताको अत्यधिक मन जित्न सफल सेञ्चुरी यतिबेला निकै रुचाइएका र व्यस्त कलाकारमा पर्छन् ।

सेञ्चुरीले बजारमा ल्याएका सबै गीतलाई दर्शकश्रोताले उत्तिकै रुचाएका छन् । सुनितापनि पछिल्लो समयकी निकै रुचाइएकी गायिकामा पर्छिन् । हरि केसीको शब्द तथा राजेन्द्र कँडेलको संगीत रहेको ‘मलाई नसोध नखोज’ गीत बिनोद भण्डारीको जिवन्त अभिनयले अझैं बढि मार्मिक र मिठो बनेको छ ।

व्यवसायिक रुपमा लोकदोहोरी गीत ‘कपालु कोरेर’ बाट निर्देशन र अभिनय सुरु गरेका भण्डारीको निर्देशना रहेको उक्त गीतमा भण्डारीसंगै रुपा कँडेलको अभिनय रहेको छ ।

गीतमा चोखो माया गर्ने जोडीलाई घृणितरुपमा समाजले छुटाएको नमिठो कथालाई मुख्य बनाइएको छ । समाजले आफ्नो प्रेमलाई छृटाउँदा त्यहि समाजको डरमा झुकेको प्रेमिकाको वियोगमा गाउँ निकालिएका प्रेमिको वियोगान्त कथालाई भण्डारी र कँडेलले अभिनयमार्फत उतारेका छन् ।

गीतलाई सुपारी म्युजिकको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार ११:१२