सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

पूर्वमन्त्री तथा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधन

बाँके । पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत यादवको आज विहान चार बजे निधन भएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जनाकारी दिए ।

कोरोना संक्रमण भएर बाँकेबाट उपचारका लागि काठमाडौं ल्याइएका यादव केही समयअघि कोरोना मुक्त भएका थिए । ७५ वर्षीय यादवमा मुटुसम्बन्धी रोग रहेको पनि कार्कीले बताए । यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज थिए ।

गम्भीर प्रकारको कोरोना संक्रमण भएपछि उनलाई नेपालगन्जबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । पूर्वमन्त्री यादवको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । यादवको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोे थियो । उनको मृत्युले बाँके जिल्ला शोकमा डुबेको नेकपा बाँकेका नेता दत्तप्रसाद आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०७:१८