सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिकलाई गाउँपालिकाको कम्मल कोसेली

बझाङ । बझाङमा चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ ।

जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो ।

गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम्मल बितरण गरे पछि उहाँहरु खुसी हुनु भएको हो । गाउँपलिकाका ७ वटामा रहेका रहेको १ हजार ५ जना जनालाई कम्मल कोसेली दिएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भयो ।

उहाँले प्राय : जसो गाउँमा जादा चिसोका समयमा सबै भन्दा बढी जेष्ठ नागरिकलाई समस्या हुने गरेकोले उहाँहरुको एक एक कम्मल कोसेली दिएको समेत बताउनुभयो ।

अध्यक्ष रोकायाले यसका साथै जेष्ठ नागरिकलाइ घर घरमै गएर बर्षमा दुई पटक स्वास्थ्य परिक्षणका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको समेत बताउनुभयो ।

कम्मल बितरण कार्यक्रममा भेटिएकी खप्तड छान्ना गाउँपालिका १ की कौसिला कामीले,बुढाको उमेर ५५ बर्ष हुदाँ आफु ३० बर्षको उमेरमा बिबाह गरेको र बुढाको मृत्यु भएको समेत २६ बर्ष पुगेको छ । छोरा छोरी केही छैन् । उहाँले भन्नुभयो, चिसोमा लुगा नहुदाँ साह्रै समस्या हुने गरेको थियो । यई सरकारको सघै भलो होस ।

गाउँपालिकाले कम्मल कोसेली दिए पछि सबै जेष्ठ नागरिकले गाउँपालिकाको भलो होस भनेर सरकारलाइ धन्यवाद दिएका छन । खप्तड छान्ना गाउँपालिका४ की ७८ बर्षिया बिस्ना सार्कीले, हाम्रा लागी त सरकार नै भगवान छन् ।

हामी जस्ता बेसहाराहरुका लागी उपचारका लागी घरमा डाक्टर बोलाउन्छन् , चिसोमा कम्मल दिएको छ, भत्ता पनि घर घरमा दिदै आएका छन् । गएको बर्ष पनि यस गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोमा कम्मल बितरण गरेको बताउनु भयो ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:४०