सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीमा राजनीतिक चरित्र छैन: नेपाल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक चरित्र नभएको आरोप लगाएका छन्।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत अगुवा कार्यकर्ता भेलामा बुधबार नेपालले प्रधानमन्त्री ओलीमा सर्वसत्तावादी प्रवृति भएको र ओलीले आफूलाई पार्टी भन्दा माथि ठान्ने बताए।

ओलीमा व्यक्तिवाद र आफुलाई नै सर्वज्ञानी ठान्ने अहंकार भएको बताउँदै नेपालले ओली गुटगत क्रियाकलापमा विश्वास गर्ने आरोप लगाए।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:२२