सूचनाको शक्ति - The Power Of Information

        

नेपाललाई रुसले २ करोड ५० लाख डोज कोरोना खोप दिने

काठमाडौं । नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ ।

रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।

विभिन्न मुलुकमा Sputnik V खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो ।

रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १३:१९