सूचनाको शक्ति - The Power Of Information

        

गजल

मान्दै मान्दैन यो मन बेलाबेला मनाउनुपर्छ
म आफु जिउँदो प्रमाणित हुन तिमी छेउ आउनुपर्छ ।

हजारौं सपनाहरू को भब्य चहलपहल देख्दा
लाग्छ यो मस्तिष्कलाई राजधानी बनाउनुपर्छ ।

समयसँगै छोडी जानेहरु गैहाल्छन जिवनबाट
सोंच्नुपर्थ्यो कहिलेकाहीँ छोडेका अपनाउनुपर्छ ।

म यो जिन्दगीसँग हारेकी छैन डराएकी छैन
तरपनी जिन्दगी जिउन पीडाहरु दबाउनुपर्छ ।

 

तुल्सीपुर, दाङ

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ०९:३५