सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा अध्यक्ष राणाद्वारा पृथ्वी जयन्तीमा भएको प्रहरी दमनबारे छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उत्सवमा राष्ट्र निर्माताको सालीकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो ?’ राप्रपाका अध्यक्ष राणाले मंगलवार भने ।

‘राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्ति गर्ने गैरराजनीतिक, शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गर्दछु,’ ट्वीट गर्दै राणाले भने ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालीकमा माल्यार्पण गर्न जाँदा प्रहरी र नागरिक समुहबीच सोमवार झडप भएको थियो । राप्रपा अध्यक्ष राणाको नेतृत्वमा रहेको र्यालीलाई प्रहरीले रोक्दा झडप भएको थियो ।

उक्त घटना लगत्तै राणाले सरकारले लोकतन्त्रविरोधी कार्य गरेर नागरिकको नैसर्गिक अधिकारमाथि क्रुर दमन र अन्याय गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका थिए ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि राणाले, प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गरेरै छाड्ने उद्घोष गरेका थिए ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १३:१७