काठमाडौं । मंगलवार बिहान दार्चुला जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।
बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का निकटवर्ती भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।
सत्यपाटी ।