सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सा शिक्षा आयोगले गर्यो शुल्क निर्धारण, स्नातकोत्तर पढ्न कुन विषयमा कति लाग्छ ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडी र एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी एमडी र एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन र एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

एम एस्सी एम.एल.टी, एम.एस्सी एम.आई.टी, एम.एस्सी मेडिकल माइक्रोबायोलोजी.र.बायोकेमेस्ट्री र एम.एस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ०८:५५