सूचनाको शक्ति - The Power Of Information

        

नेकपा पार्टी कार्यालयमा कार्यक्रम गर्न जिल्ला प्रशासनको रोक

बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यालय बझाङमा पाटीको कार्यक्रम तथा भेला गर्न जिल्ला प्रसासन कार्यालयले रोक लगाएको छ ।

नेकपामा प्रधानमन्त्री केपी ओली समुह र माधव प्रचण्ड समुह विभाजनको अवस्थामा पुगे पछि कार्यक्रम गर्दा झडपको अवस्था सिर्जजना हुने देखिए पछि जिल्ला प्रसासन कार्यालयले एक सुचना जारी गर्दै कानुनी रुपमा पार्टीको विवाद निरुपण नहुँदा सम्मका लागि रोक लगाएको हो ।

स्थानिय ऐन २०२८ को दफा ६ को उप दफा ३ को क बमोजिम पार्टी कार्यालय भित्र पार्टीका भेला बैठक तथा अन्य कार्यक्रम संचालन नगर्न नगराउन हुन सुचना जारी गरेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

नेकपा विभाजनको स्थितिमा पुगे पछि ओली समुह र माधव प्रचण्ड समुहले पार्टी कार्यालय आफ्नो भएको दावी गर्दै आएका छन ।
पार्टी भित्रको विवादले उग्ररुप लिदा पार्टी शान्ती सुरक्षा लाई ध्यानमा दिदै कार्यालयमा हुने अप्रिय घटनाबाट सुरक्षा सर्तकता अपनाउन अहिले नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रसासन कार्यालयले कार्यक्रम तथा भेलामा रोक लगाए पनि नेकपाका दुवै समुह बाट भने आधिकारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन । यस विषयमा हामीले नेकपा अध्यक्ष मीन बहादुर कुँवर संग बुझ्दा प्रसासनले सुरक्षा सर्तकता अपनाएर रोक लगाएकाले प्रसासनको कदम सहि भएको बताए ।

देशभरि नेकपा विभाजनको अवस्थामा पुग्न लाग्दा कार्यकर्ताहरु आक्रोसमा आउने र दुवै पक्ष विच झडपको अवस्था आउन सक्ने भएकाले सुरक्षा सर्तकता अपनाउनु जायज भएको उनको भनाई छ ।

पार्टी धुव्रिकरणको चरणमा पुगेको बेला एकतर्फि ढंगले पार्टीको सम्पति चलाउन नहुने भन्दै प्रसासनले गरेको काम सहि भएको संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रिय कमिटि सदस्य अफिलाल ओखेडाले बताए ।

आफुहरुले पहिले प्रसासनलाई जानकारी गराएको भए पनि ढिलो गरेको भन्दैओखेडाले ढिलै भएपनि प्रसासनले उठाएको कदम सहि भएको बताए ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १६:५४