सूचनाको शक्ति - The Power Of Information

        

कानुनी रुपमा पार्टी विभाजन भएको छैन : महर

 बझाङ । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले ताजा जनादेशका लागि प्रधानमन्त्रीले प्रर्तिनिधी सभा विघटनको निर्णय लिएको बताएका छन् ।

केपी ओली रेलमा, भ्रष्टचारी जेलमा, आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाइ भन्ने नारा लगाउदै, चैनपुर पुगेका प्रधानमन्त्री केपी सर्मा ओली समर्थक नेता, कार्यकर्ताहरुले बझाङको सदरमुकाम र्चैनपुरको लोकतान्त्रीक चोकमा गरेको कोणसभालाई सम्बोधन गर्दे महरले “जनता सुखी र समृद्ध हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड – नेपालले प्रधानमन्त्री विरुद् अविस्वासको प्रस्ताव लिएको बताएका छन् ।

साथै उनले नेकपा फुटेको हो, भन्ने जनतामा चिन्ता र चाँसो भएको छ । पाटी कानुनी रुपमा विभाजन भएको छैन । केही ब्यक्तिहरु बाहिर मात्र गएका हुन । एक दिन प्रचन्ड – माधव नेपाल पनी केपी ओलीको साथमा आउने भएकाले भानुभक्त जोशी , एलवि रावल , दमन भन्डारी ,मिन बहादुर कुँवर तथा अन्य नेताहरुलाइ पनी अन्त नबरालिएर नेपाल कम्युनिष्ट पार्टी नेकपामा आउन आग्रह गरे ”।

त्यसै गरी नेकपा जिल्ला इन्चाज समेत रहेका भैरव बहादुर सिंहले प्रचण्ड लगाएतका केहि समुहहरुलाई चुनाव हुदैन भनेर जनताहरुलाई भ्रममा नपार्न आग्रह गरे ।

कोणसभा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेकपा केन्द्रिय कमिटी सदस्य अफिलाल ओखेडाले “प्रर्तिनिधी सभा विघटन गर्न असंबैधानिक भएको भन्नेहरुलाइ धारा ७५ को उपधारा ३ पढ्न आग्रह गरे । ”

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १२:५८