सूचनाको शक्ति - The Power Of Information

        

एन्फाका पूर्वमहासचिव शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जनाएका छन् ।

शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ । शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् ।

उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए ।

पछि उनी एन्फाको महासचिवसम्म बने । उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०९:१२