सूचनाको शक्ति - The Power Of Information

        

शिक्षकका लागि क्षमता बिकास तालिम शुरु

बारबर्दिया । शिक्षकको क्षमता बिकासका लागि शिक्षामा लैङ्गिक रुपान्तरण सम्बन्धी तीन दिने शिक्षण तालिम आइतबारदेखि बारबर्दियामा शुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं–६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा उक्त तालिम संचालन गरिएको हो ।

नगर क्षेत्रका शिकाई परियोजना संचालन भएको बिधालयका फोकल शिक्षकहरुका लागि जयनगरमा संचालन गरिएको छ । नेपाली भाषाको पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैङ्गिकमैत्री प्रर्याप्त शैक्षिक सामग्री भएन÷भएको, कक्षा कोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंङ्गिक विभेदपुर्ण बनाउने कुराहरु तालिममा जोड गरिनेछ ।

यस तालिमले सिकाई पद्धति र कक्षा कोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंङ्गिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भई तालिमपछि बिधालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षासहित संचालन गरिएको तालिमको उद्घाटन शत्रमा बारबर्दिया नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख टेक प्रसाद पाण्डेले वालबालिकाको सिकाईलाई प्रभावकारी बनाउनका लागी बिधालयका कक्षा कोठामा प्रसस्त सामाग्रीको ब्यबस्थापन हुन सकेको खण्डमा बालबालिकाको सिकाईमा प्रभावकारीता ल्याउन सकिने बताउनुभयो ।

उहाँले पालिकाभित्र नमुना बिधालय निर्माणका लागी नगरपालीकाले कार्ययोजना निर्माण गरेको र यस्ता कार्यक्रमले शिक्षामा थप मद्दत पुग्ने बताउनुभयो ।

कोरोना भाइरस कारण संसारमा संक्रमणको जोखिम रहेको अवस्था र यसको प्रभावले बिधालयहरु बन्द भएको अवस्थामा नगरपालिकाले बैकल्पिक शिक्षाका माध्यामबाट समेत बालबालिकाहरुको नियमित सिकाईलाई प्रभावकारी बनाउन लागि परेको बताउदै शिक्षा प्रमुख पाण्डेले बिगतदेखि नै स्याक नेपाल, बर्दिया र प्लान इन्टरनेशनल नेपाल संगको समन्वयमा शिक्षाको गुणस्तरताका लागि साझेदारी गदै आइरहको बताउनु भयो ।

तालिममा परियोजना संचालन भएका बिद्यालयका १५ जना फोकल महिला शिक्षकहरुको सहभागीता रहेको छ । तालिम बारबर्दिया नगरपालिकामा आइतवारदेखि मंगलबार ३ दिन सम्म संचालन गरिने छ ।

तालिमलाई नेत्रकला शाहीले सहजिकरण गर्नुभएको छ । तालिममा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर सिमा वलीले बताउनुभयो ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १७:२१