सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को आकस्मिक बैठक

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य, माघ १ गते सार्वजनिक विदा

वैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन यही पुस १७ गते सुरु भएको थियो ।

यस्तै सरकारले माघी तथा माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

सरकारले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १ गते थारु समुदायले माघी तथ अन्य समुदायले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १६:१५