सूचनाको शक्ति - The Power Of Information

        

नेपाली धावक पुष्पालाई बंगलादेशमा म्याराथन उपाधि

काठमाडौं ।  नेपालकी धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि जितेकी छन्।

आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए। पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्।

पुष्पाले निर्धारित दुरी २ घण्टा ५९.४१ सेकेण्डमा पुरा गरिन्।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १३:४२