काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले गरेकाे हाे।
गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।
माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन्।
सत्यपाटी ।