सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस, आजै अन्त्य गर्ने तयारी

काठमाडौं । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको छ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे आकश्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

उनका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १३:३४