सूचनाको शक्ति - The Power Of Information

        

डा.बाबुराम भट्टराईले भने, ‘ओलीसँग झुक्ने कि मिलेर लड्ने ?’

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितमा चार ‘यक्ष प्रश्न’ रहेको औंल्याएका छन् ।

संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र विरोध गरिरहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत राजनीतिक दल/नेतासामु ४ प्रश्न तेर्स्याएका हुन् ।

उनका अनुसार अहिलेका ४ यक्ष प्रश्न यी हुन् :
१. चुनाव/पार्टी हेर्ने राजनीतिकर्मी कि पुस्ता/देश हेर्ने राजनेता बन्ने?
२. अरूलाई गाली गर्ने राष्ट्रवादी कि आफ्नो देशलाई माया गर्ने देशभक्त बन्ने ?
३. ओलीसँग झुक्ने कि संसद्/संविधान निम्ति मिलेर लड्ने ?
४. कुनै शक्ति ध्रुवमा लाग्ने कि भारत/चीन/अमेरिकाबीच सन्तुलन राख्ने ?

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १०:५१