सूचनाको शक्ति - The Power Of Information

        

टिप्पणी

पाँचतारे होटलको किचनमा छिर्न पाइन्छ, स्कूलमा किन नपाउने ?

तारे होटलमा गेटैपिच्छे सलामी खाएको, टेबुलमा वेटरलाई दासझैं हकार्दै अह्राएको, १०० रु टिप्स दिँदा होटलै किनेँजस्तो गरी छाती फुलाएको पनि देखियो ।

क का कि की र ए फर एप्पल नै सिकाउने कथित महान् स्कूलमा १ कक्षामा छोरो भर्ना गर्न मन्त्रीको सोर्स लगाएँ भनी धक्कु लगाउँदै हिँडेको पनि देखियो ।

अनि त्यही स्कूलमा ३ मिनेट ढिलो हुँदा गेटपालेले गेटैबाट बाबुछोरालाई फर्काइदिएको अपमान पचाएर पनि त्यही स्कूललाई महान् भनिरहेको दास मानसिकता पनि देखियो । यो आँखाले कति दरिद्र मानसिकता देख्नुपर्ने हो अझैं ?

फाइभ स्टार होटलको म्यानेजरलाई थर्काउन सक्ने नेपालीले एक कम्पनी स्कूलको गेटपालेसँग झुक्नुपर्ने तर उसैले छिर्न नदिँदा लुरुक्क बच्चासँगै फर्किनुपर्ने ? किन के छ त्यस्तो त्यो स्कूलमा ? कुन ग्रहका मालिक छन् त्यहाँ ?

कुन ग्रहका शिक्षक शिक्षिकाले कुन ग्रहको ज्ञान दिन्छन् त्यहाँ ? कुन नक्षत्रको पानी र कुन ग्रहको खाना दिइन्छ त्यहाँ ? हरेक अभिभावक समय लिएर आफ्नो बच्चाको पढ्ने कोठामा बसेर क्रियाकलाप अनुभव गर्न पाउनुपर्छ । पाँचतारे होटलको किचनमा छिर्न पाइन्छ स्कूलमा किन नपाउने ?

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार ०९:३६