सूचनाको शक्ति - The Power Of Information

        

आइतबारको राशिफल : वृष धनलाभ, कर्कटलाई समस्या

२०७७ पुस २६ गते, आइतवार, १० जनवरी २०२१ । पौष कृष्णपक्ष, द्वादशी तिथि (१५ः३६ बजेपछि त्रयोदशी), अनुराधा नक्षत्र (१०ः०१ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदाको स्रोत पनि गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । कामबाट आम्दानी भइरहनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यवसायमा पनि मनग्गे फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतीहरूका लागि भने आजको दिन उत्साहजनक रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नियमित काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि हातलागी नहुन सक्छ । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ । स्वास्थ्य(चिन्ताले भने अलि सताउन सक्छ । आफ्नो हक दाबी गर्न नसक्दा लाभांश गुम्न पनि सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बेसुरमा वचन दिने बानीले समस्या पर्नसक्छ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । प्रयत्न गर्दा असमझदारीका बीच पनि साझेदारी जम्न सक्छ । बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्यालाई पनि सुल्झाउन सकिनेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा रोकिएको कामसमेत बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विभिन्न अवसर जुट्नेछन् भने सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । अग्रजहरूको साथ जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा अप्ठ्यारो काम पनि सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ । आँटेको काम तत्काल बन्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तापनि, लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । लामो यात्राको अवसर जुट्नेछ । वैदेशिक क्षेत्र लाभदायक रहला । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतीक्षित नतिजाले काममा हौसला जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने ग्रहयोग पनि छ । पढाइमा राम्रो प्रगति हुनेछ । आय बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा व्यापारमा फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयमा होसियार बन्न नसक्दा केही चुनौती आइलाग्ने छन् । तापनि, बिस्तारै भाग्यले साथ दिनेछ । चुनौतीहरू हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम र इनाम प्राप्त हुनेछ । धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार ०८:०३