सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका शिक्षक पवन कुमारलाई कारबाहीको चेतावनी

बाँके । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वविय (क्रान्तिकारी)ले बाँकेको कोहलपुर नगरपालिका वडां. नं. १४ हवलदारपुर रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ ।

विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उपस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलव बुझ्ने गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरूले गरेको भन्दै युुनियनले ध्यानाकर्षण जनाउँदै कारबाहीको चेतावनी दिएको हो ।

यसैक्रममा अनेरास्ववियू (क्रान्तिकारी)ले उक्त विद्यालयमा अनुगमन गर्दा शिक्षक यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको प्रमाण भेटिएकाले यादवको हाजिरी पुस्तिकामा हाजिरी गयल प्रमाणित गरि संगठनको छाप लगाइएको विज्ञप्तीमार्फत जनाइएको छ ।

No description available.

भनिएको छ, शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी दिन्छौं । साथै निज शिक्षकको अनुपस्थित रहेको सम्पूर्ण दिनको तलव कटौती सहित कडा कार्बाहिको लागि सम्बन्धित निकायमा हाम्रो संगठन जोडदार माग गर्दछ ।

No description available.

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०९:१७