सूचनाको शक्ति - The Power Of Information

        

७ औं डाँफे कपको फाईनल आज : चन्द्रज्योती र जयकिशनको प्रतिस्पर्धा

बाँके । बाँकेको खजुरामा जारी ७ औं अन्तर जिल्ला नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ ।

न्यु डांंफे स्पोर्ट्स क्लब खजुरा ४ को आयोजनामा गरिएको खेलको फाईनलमा जय किसन स्पोर्ट्स क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच प्रतिष्पर्धा हुने छ ।

खेल दिउँसो १ बजे सुरु हुने आयोजक न्यु डांफे स्पोर्ट्स क्लबका सचीव मदन रत्न के सी ले जानकारी दिएका छन् । बिगत देखी नै जिल्लामै ठुलो धन राशिको फुटबल खेलको आयोजना गर्दै आएको क्लबले यसपटक भने जिल्ला भित्रका खेलाडीहरुको प्रोत्साहन र स्थानीय खेलाडी उत्पादनको मुख्य उदेश्यका साथ जिल्ला भित्रका क्लबहरुलाई मात्र सहभागी गराएर जिल्ला भित्रका मात्र खेलाडी उत्पादनमा जोड दिएको हो ।
जिल्लाभित्रका क्लबहरुमध्ये खेलाडी उत्पादन र प्रोत्साहन गर्न न्यु डाँफे स्पोर्ट्स क्लबको उदेश्य रहेकोमा आफ्नै खेलमैदानलाई मिनि रंगशालामा परिणत गरि उत्कृष्ट खेल मैदान बनाउन लागी परेको क्लबका अध्यक्ष समेत रहेका खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलकबिर सुनारले बताए ।

शनिबार हुने फाईनल प्रतियोगीतामा प्रथम हुने क्लबले नगत रु ७० हजार प्रमाणपत्र मेडल प्राप्त गर्ने छ भने द्वितीय हुने क्लबले ४० हजार नगत मेडल प्रमाणपत्र प्रदान गरिने छ भने विभिन्न माध्यम बाट सहयोग गर्ने सहयोगिहातहरुलाई पनि सम्मान गर्ने कार्यक्रम समेत समापन समारोहमा गरिने छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०९:०२