सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

काठमाडौं । पूर्व र पश्चिमका केही क्षेत्रमा बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही स्थानमा आंशिकदेखि सामान्यत बदली हुने भएको हो ।

हाल लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०८:३३