सूचनाको शक्ति - The Power Of Information

        

पूर्व युवराज्ञी हिमानी शाह आज झापा आउँदै

झापा ।  पूर्व युवराज्ञी हिमानी शाह शनिबार झापा आउने भएकी छन् ।

शनिबार दिउँसोको विमानबाट उनी झापा आउन लागेकी हुन् ।

शनिबार नै झापाको कचनकवल गाउँपालिकामा हिमानी ट्रस्टको कार्यक्रममा उनी सहभागी हुने कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

यसअघि नै पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल झापा आइसकेका छन्न् । उनीहरू दमकस्थित निवासमा रहेका छन्।

पूर्व युवराज्ञी हिमानी पनि त्यहीँ रहने बुझिएको छ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०८:२७