सूचनाको शक्ति - The Power Of Information

        

सन् २०२१ मा टोकियो ओलम्पिक सर्ने सम्भावना

काठमाडौं । सन् २०२१ मा जापानमा सुरु हुने भनिएको टोकियो ओलम्पिक ढिलाइ हुने भएको छ ।

जापान सरकारले जुलाइमा प्रतियोगिता सुरु गर्ने यसअघि नै घोषणा गरेपनि जानपानमा कोराना महामारी बढेसँगै लगाइएका प्रतिवन्दका कारण प्रतियोगिता सुरु गर्न ढिलाइ हुने भएको हो ।

प्रधानमन्त्री योसिहिदा सुगाले तोकिएको समयमै ओलम्पिक प्रतियोगिता सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि कोरोनाको संक्रमण जारी रहेकाले प्रतियोगिता सर्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।

विश्व खेलकुदको यो कुम्भमेला यसअघि गत वर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो । तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण गत मार्चमा यो ओलम्पिक स्थगित गरि २०२१ मा सारिएको थियो ।

तर हाल पनि आयोजक राष्ट्र जापानसहित अन्य देशहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आउँदो जुलाई २३ देखि ८ अगस्तसम्म हुने भनिएको प्रतियोगिता पनि फेरि अनिश्चित बनेको छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०७:४८