सूचनाको शक्ति - The Power Of Information

        

शनिबार पनि बैक खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न निर्देशन दिएको छ ।

सरकारको राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टर र नेपाल क्लियरिङ हाउस खुला गर्न राष्ट्र बैंकले सूचना जारी गरेर निर्देशन दिइएको हो ।

बैंकहरूले शनिवार राजस्व संकलन गर्न कार्यालय खोलेसँगै विद्युतीय माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने प्रणालीबाट पनि सेवा प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।

यसअघि कार्यालय अवधिमा मात्र यस्तो प्रणालीको सुविधा रहेकोमा राजस्व संकलन गर्दा हिसाब मिलानका लागि यो प्रणाली पनि सुचारु गर्न लागिएको हो ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १०:०७