काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा बिहीबार भएको हिंसाको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि भूमिका रहेको बताएका छन्।
उनले मानिसहरुलाई हिंसाका लागि संसदमा छिर्न उक्साउने काम ट्रम्पले गरेको बताएका हुन्।
उनले भनेका छन्, यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपनि ट्रम्पबाट भएको छ, उनले लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका थिए । यो सरासर गलत हो भन्ने मेरो मान्यता छ ।’
उनले निर्वाचित राष्ट्रपतिको जीतले औपचारिकता प्राप्त गरेकोमा आफूलाई खुशी लागेको र यसले लोकतन्त्रलाई बचाएको पनि बताए।
‘म यतिमात्रै भन्न चाहन्छु कि निर्वाचित राष्ट्रपतिको जीतले औपचारिक पाउँदा मलाई खुशी लागेको छ। यसले लोकतन्त्रलाई बचाएको छ’, उनले भने।
सत्यपाटी ।