सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं । अहिले तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ।

कुहिरोसँगै मानिसहरूको दिनचर्या प्रभावित बनेको छ। चिसो पनि बढेको छ।

जाडो छल्न मानिसहरू आगो तापेर बसिरहेका छन्।

देशका अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ।

देशमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ।

राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार ०८:०३