काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ ।
चिनियाँ अधिकारीहरु झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन् । उनीहरु डिसेम्बर २६ मा यहाँ आएका हुन् । अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङ्मे ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन् ।
उनीहरु कुटनीतिक राहदानीको सट्टा सामान्यमा आएका थिए । यसअघि आएको टोलीले पनि नेकपालाई मिल्न सुझाव दिएर फर्केको थियो । तीन सदस्यीय चिनियाँ अधिकारीहरुको टोली आएको केही सातापछि नेपालका लागि चिनियँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरुसँग अनौपचारिक कुराकानी गरेको स्रोतको दाबी छ । यान्छीले बुधबार पनि केपी आोली समूहलाई भेटेकी थिइन् । नागरिक
सत्यपाटी ।