सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेविसंघको केन्द्रीय कमितिले पुस २४ गते शुक्रवार (भोलि) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै भोलि दिउँसो १ बजे माइतरमा उल्डो हिँडी प्रदर्शन गर्न लागेको हो । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएकाले सांकेतीक रुपमा उनको कदमको उल्डो हिँडेर प्रदर्शन गर्न लागेको हो ।

त्यस्तै नेपाली कांग्रेसले संसद विघटनको विरुद्ध पुस २५ गतेबाट शुरु गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन समेत आह्वान गरेको छ ।

यसअघि नेकपा प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) ले संविधानको धारा खोज्न भन्दै सांकेतीक रुपमा लालटिन बालेर प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १०:१३