सूचनाको शक्ति - The Power Of Information

        

पुस्तक समिक्षा

कल्पनाको ‘लभ इन जेरुसलेम’ हेर्दा…

बेरोजगारी र गरिबीको मारले आक्रान्त युवा पुस्ताको पीडा नेपालमा दिनानुदिन बढ्दैछ । राहत र छुटकाराको लागि के युवा के युवती देशविदेश भौतारिने क्रम पनि भयानक तरिकाले वढ्दो छ । यसरी युवा पुस्ता विदेशिदा देश, समाज र विशेषगरी उनीहरुको परिवारमा घट्ने गरेको घटनाहरु झनै कहाली लाग्दो परिस्थितिको सिर्जना भएको कुरो यो उपन्यासमा लेखिकाले राम्ररी प्रष्टयाएकी छन् ।

यो सवैको जिम्मेवार राजनीतिक पार्टीहरु सबै बेखवर छन् । उमेरमै वैधब्य प्राप्त गरेकी रोगी आमा र भाईबैनीहरुको उज्वल भविष्यको लागि सामाजिक सोंच, बन्धन र मर्यादाका बावजुद विदेशीएकी एउटी युवती लताको सुन्दर कहानी हो, यो उपन्यास । एकातिर विदेशमा भोगेका दुख कष्टलाई सजीवरुपमा चित्रित गरेकी छन् भने अर्कोतिर इजरायलको सुन्दर वर्णन प्रस्तुत गरेकी छन्, उपन्यासकार कल्पना खरेलले ।

विदेशको डरलाग्दो अवस्था, भिसाको समस्या आदी पनि सुन्दर र सजिव तरिकाले प्रस्तुत गर्नुका साथै विदेशमा पैसा बोटमा नफल्ने कुरा पनि प्रष्टयाएकी छन् । यहि उतारचढावको बीचमा नायिका लता एउटा यहुदी युवक निकीसितको प्रेममा बाँधिएपछि उसले देखाएको मानवता र सहयोग अनि गर्ने गरेको स्त्री सम्मानलाई बडो आकर्षक ढंगले चित्रित गरेकी छन्, जुन स्त्री सम्मान नेपालमा विरलै पाइन्छ ।

बरु महिला उत्पीडनलाई पुरुषको अधिकार र पौरुषको रुपमा लिइन्छ नेपालमा । निर्भर झरना नै बगेको र अभिरुचीपूर्ण यो उपन्यासले रतिरागात्मक शैली र श्रृंगारसलाई विशेषरुपमा पछयाएको छ । कल्पनाका अरु रचनाले जस्तै यो रचनाले पनि लोकप्रियता प्राप्त गरोस् । यहि मेरो शुभकामना छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०८:३०

सिफारिस