सूचनाको शक्ति - The Power Of Information

        

म्यानयूलाई हराउँदै म्यान सिटी फाइनलमा

काठमाडौं । म्यान्चेस्टर युनाईटेडलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी म्याचमा सिटी २–० ले विजयी भयो ।

खेलमा सिटीलाई विजयी गराउन जोन स्टोन्स र फर्नान्डीनोले एक एक गोल गरे । जितसँगै पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले जोजे मौरिन्होको टोटनह्यामसँग उपाधि भिडन्त तय गरेको छ ।

लिग कप फुटबलको पहिलो सेमिफाइनल खेलमा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० ले पाखा लगाउँदै टोटनह्याम फाइनलमा पुगेको हो । उपाधि भिडन्त आगामी अप्रिल २५ मा वेम्बले रंगशालामा हुनेछ । एजेन्सी

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०७:५५