२०७७ पुस २२ गते, बुधवार, ६ जनवरी २०२० । पौष कृष्णपक्ष, अष्टमी तिथि, हस्त नक्षत्र (१६ः२९ बजेदेखि चित्रा), चन्द्रराशि– कन्या ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । आफ्नो अधिकार र स्वामित्व स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेको कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारो स्थितिमा पनि काम बन्नेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला । नियमित काममा बाधा पुग्न सक्छ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । वादविवादले घर(गृहस्थीमा समस्या निम्त्याउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । दिगो काम थाल्न सकिनेछ ।
सत्यपाटी ।