सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षाफल माघ पहिलो हप्तामा

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को नितिजा माघ पहिलो सातासम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत मंसिरमा लगेको कक्षा १२ को परीक्षाको नतिजा माघमा प्रकाशन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार हाल उत्तर पुस्तिका परीक्षण सकिएको छ । कोरोना लागेर परीक्षा दिन छुटेका विद्यार्थी संख्या थोरै भएकाले मिलाएरै परीक्षाफल प्रकाशित हुने छ ।

गत मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा नेपाभरबाट ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागि भएका थिए । कोरोना संक्रमित विद्यार्थीका लागि पुस १६ गतेदेखि २३ गतेसम्म परीक्षा संचालनमा रहेको छ । कोरोना महामारीका कारण बैशाख÷जेष्ठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो । यतिबेला कक्षा १२ को परीक्षाफलको प्रतिक्षा गरिरहेका विध्यार्थीहरु स्नातक पढीरहेका हुने थिए ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १५:११