सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ । आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ३५ कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:३६