सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनामा विभिन्न पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा आवेदन खुला गरेकाे छ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुला गरेको हो।

लेखा जमदारमा २७ जना खुल्लातर्फ र बाँकी समावेशी गरी जम्म ५० जनाको माग भएको छ भने पूजारी हुद्दा पदमा खुल्लातर्फ दुई जना गरी चार जनाको माग भएको छ।

यस्तै अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र बाँकी समावेशीसमेत गरी ५३ जना माग गरिएको छ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ।

यस्तै सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको छ भने कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ।

यस्तै चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जनाको माग गरिएको छ भने लोहकार खुल्लातर्फ चार र समावेशीसमेत गरी ८ जना माग गरिएको छ।

दुईजना धोबीको माग गरिएकोमा एक जना समावेशीको कोटा छुट्याइएको छ।

खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको छ। सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गरिएको छ।

पुस २१ गतेदेखि माघ २१ गतेभित्र दरखास्त भरिसक्नुपर्ने जंगी अड्डाले जनाएको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निशुल्क उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:३५