सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

 बाँके । बाँकेका दुई ठूला अस्पतालमा रातिदेखि बिहानसम्ममा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, मृत्यु हुनेमा बाँके, कञ्चनपुर र दाङ जिल्लाका रहेका छन् । भेरी अस्पतालमा एक र मेडिकल कलेज, कोहलपुरमा दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको साेमबार राती १२:२५ बजे मृत्यु भएको हो । कोरोनाबाट बाँकेमा ४८ जनाको मृत्यु भइसकेको छ ।

कोहलपुर मेडिकल कलेजमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरका ६० वर्षीय पुरुष र दाङका १३ वर्षीय बालकको मृत्यु भएको हो । महेन्द्रनगरका ६० वर्षीय पुरुषलाई पुस १७ गते अस्पताल ल्याइएको थियो । उनको बिहान ७:२० बजे मृत्यु भयो ।

दाङ घोराहीका १३ वर्षीय बालकलाई पुस १९ गते अस्पताल ल्याइएको थियो । उनको बिहान ७:४५ बजे मृत्यु भएको छ ।
बाँकेमा बाहिरी जिल्लाका ७९ जनाको मृत्यु भइसकेको छ । बाँकेमा पछिल्लो हप्ता कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेको छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:२९