सूचनाको शक्ति - The Power Of Information

        

मर्निङ वाकमा निस्केका अधिकारी २ सातादेखि बेपत्ता

 कास्की ।  कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन्।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन्।

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले जानकारी दिए।

खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको उनले बताए।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन्। कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८५११०७२०५, ९८४६०८८४०५ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेको छ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०८:०१