सूचनाको शक्ति - The Power Of Information

        

स्पेनीस ला लिगा : रियाललाई प्रतिस्थापन गर्दै एथ्लेटिको शिर्ष स्थानमा

काठमाडौं । स्पेनीस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड शिर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा डिर्पोटिभो आलाभेजलाई २–१ ले हराउँदै एथ्लेटिकोले शिर्ष स्थानमा रियाल मड्रिडलाई प्रतिस्थापन गरेको हो ।

खेलमा एथ्लेटिकोलाई विजयी गराउन मार्कस लोरेन्ते र लुइस सुवारेजले एक एक गोल गरे । जितसँगै एथ्लेटिकोले १५ खेलबाट ३८ अंक बनायो । १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ । गएराति भएको अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हराएको छ ।

खेलमा बार्सालाई विजयी गराउन फ्रेङ्की डि योङले निर्णायक गोल गरे । जितसँगै १६ खेलबाट २८ अंक जोडेको बार्सिलोना तालिकाको पाँचौ स्थानमा यथावत छ । एजेन्सी

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ०८:०७