सूचनाको शक्ति - The Power Of Information

        

दाहसंस्कार स्थलको छानो खस्दा भारतमा कम्तीमा २३ को मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ०८:०५