सूचनाको शक्ति - The Power Of Information

        

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ ।

हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू आज मुम्बई जान लागेको जानकारी गराउनुभएको हो ।

विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि आज भारत लैजान लागिएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । वंशानुगत पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्यमा केही साता यता थप जटिलता देखिएको छ ।

उहाँलाई अहिले मेडीसिटी अस्पतालमा भर्ना गरेर उपचार भईरहेको छ । यसअघि पनि भारत, अमेरिका र सिंगापुरमा उहाँको उपचार गरिएको थियो ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ०७:५८