सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु

बाँके । नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

पाँच दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी दाङ लमही–८ की ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या भएपछि पुस १३ गते नेपालगञ्ज ल्याइएकी महिलाको भोलिपल्ट स्वाव परीक्षण गर्दा १५ गते कोरोना पुष्टि भएको थियो।

 

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०९:५१