सूचनाको शक्ति - The Power Of Information

        

चिसो बढेसँगै जेष्ठ नागरिकलाई ‘ब्लाङ्केट’

बझाङ । बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई सम्मान स्वरुप ब्लाङ्केट वितरण अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

८० बर्ष भन्दामाथिका २८० जना जेष्ठ नागरिक रहेको थलारा गाउँपालिकामा शनिबार थलारा गाउँपालिका वडा नम्बर ७ बाट ब्लाङ्केट वितरण कार्यक्रम सुरु गरेको छ । त्यसै अन्तरगत वडा नम्बर ७ का ४० जना जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको छ ।

चिसो बढेसँगै जेष्ठ नागरिकलाई राहात तथा सम्मान हुने उद्देश्यले उक्त अभियान सुरु गरेको समेत अध्यक्ष उपाध्यायले बताए । ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सम्मानस्वरुप ब्लाङ्केट वितरण गरिएको वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर रोकायाले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ अन्तरगत जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले पालिकाभित्रका जेष्ठ नागरिकलाई पौष मसान्तभित्र सम्मान कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०८:१८