सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणका कारण विश्वमा थप ७ हजार ९०० भन्दा बढीले ज्यान गुमाए

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र सात हजार ९७३ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (आइतबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१७ प्रतिशत हो।

हालसम्म विश्वभर आठ करोड ४९ लाख ४० हजार ३८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितमध्ये ६ करोड ७६ हजार जना उपचारपछि निको भइसकेका छन्।

बाँकी दुई करोड ३० लाख २१ हजार ५६५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५८ हजार ५१७ जनाको मृत्यु भइसकेको छ।

गत २४ घण्टामा त्यहाँ थप एक हजार ९४२ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९५ हजार ७४२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार ४७१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २६ हजार ५०७, बेलायतमा ७४ हजार ५७०, इटलीमा ७४ हजार ९८५, फ्रान्समा ६४ हजार ९२१, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार ४३८, अर्जेन्टिनामा ४३ हजार ३७५, कोलम्बियामा ४३ हजार ७६५ तथा रसियामा ५८ हजार जनाको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०८:११