सूचनाको शक्ति - The Power Of Information

        

कवि प्रेमबहादुर सिंहको गितीकाव्य ‘कोरोनाको कथा लकडाउनको व्यथा’

बझाङ । कवि प्रेमबहादुर सिंहद्धारा लिखित ‘कोरोनाको कथा लकडाउनको व्यथा’ नामक गीति काव्य सार्वजनीक भएको छ । सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले गीति काव्य सार्वजनीक गरेका हुन् । गीति काव्यमा कोरोना माहामारीको सुरुवातदेखि हालसम्म मानिसहरुले भोग्नुपरेको समस्या, क्षति र कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश दिइएको छ ।

बझाङको दुर्गाथली गाउँपालिकामा जन्मिएका कविको पहिलो यो कृति हो । यसले इतिहास रहने उनले बताउँदै कोरोनाबाट सबैलाई बच्नसमेत सन्देश दिए । आगामी दिनमा पनि साहित्य क्षेत्रमा लाग्ने उनको भनाई छ । उनले बिश्व माहामारी कोरोना संक्रमण २१३ राष्ट्रमा फैलिएको बताउँदै गीति काव्यमा १२ ओटा बिषयवस्तु तथा क्षेत्र समेटेर गीति काव्य प्रकाशन गरेको बताए ।

१२ ओटा बिषयवस्तु तथा अध्यायमा कोरोनाकाण्ड, कोरोना लकडाउन काण्ड, लकडाउन कोरोना क्वारेन्टिन काण्ड, शिक्षा काण्ड, स्वास्थ्य काण्ड, आर्थिक तथा भ्रष्टाचार काण्ड, राजनितीक तथा सामाजिक काण्ड, प्राकृतिक प्रकोप तथा भोकमरी काण्ड, ब्यवसाय तथा रोजगार काण्ड, धार्मिक साँस्कृतिक भूमी काण्ड र बचाउ तथा होसियार काण्ड गरी सबै बिषयवस्तु समेटिएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०८:१०