सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्षपछि फ्यानको इच्छा पूरा गर्दै शाहरुख खान

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले तीन वर्षपछि फिल्म लिएर आउने भएका छन् ।

नयाँ वर्ष २०२१ को शुभकामना दिँदै एक भिडियो सन्देश जारी गरेका उनले नयाँ फिल्ममार्फत ठूलो पर्दामा फर्कन लागेको जानकारी दिएका हुन् । यसअघि उनको २०१८ मा फिल्म ‘जिरो’ रिलिज भएको थियो ।

तीन वर्षदेखि अभिनयबाट टाढा रहेका शाहरुखले यहि बीचमा ‘बर्ड अफ ब्लड’ फिल्मको निर्माण भने गरेका थिए । उनको आफ्नै प्रोडक्सन कम्पनी रेड चिल्ली इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको थियो ।

शाहरुखको फिल्म ‘पठान’ र ‘स्पाई यूनिभर्स’ २०२१ मा रिलिज हुने भारतीय मिडियाले जनाएका छन् । पठानमा शाहरुखको साथमा दीपिका पादुकोणको अभिनय छ ।

उनीहरुले फिल्मको सुटिङ पनि सिध्याइसकेका छन् । पठानमा शाहरुख र दीपिकाको साथमा जोन अब्राहमको पनि अभिनय छ । यसको अलावा शाहरुख निर्देशक राजकुमार हिरानीको फिल्ममा पनि देखिने भएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०६:४३