सूचनाको शक्ति - The Power Of Information

        

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

सुदुरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार ०८:३९