सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नरैनापुर गाउँपालिकामा आजदेखि ‘अनलाइन घटना दर्ता’ शुभारम्भ

बाँके । बोकेको नरैनापुर गाउँपालिकाले आजदेखि अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न आज शुक्रबारबाट अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको हो ।

नरैनापुर गाउँपालिका–४ निवासी बुवा सरिफ खाँ र आमा सरतुल खाँका एक महिने छोरा दिलशाद खाँ र जुबेर बुवा खाँ र आमा मीना बेगमका छोरा जावेद खाँको अनलाइनबाट जन्मदर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं. ४ बाट सुभारम्भ भएको अनलाइन व्यक्तिगत घटना दर्ता सबै वडाबाट सुरु गरिने पनि उनले जानकारी दिए । अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ कार्यक्रममा नरैनपुर गाउँपालिका–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा, वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमूख भरत महतो, योजना शाखा प्रमूख विजयकुमार यादव, पंजीकरण शाखा प्रमूख जयप्रकाश पाठक, वडा नं. ४ का सचिव सुजिता चौधरी, पंजीकरण शाखाका गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १४:३८